दरखास्त फाराम भर्ने प्रकृया:
- सर्वप्रथम Registration गर्नुपर्नेछ । त्यसको लागि Screen मा Registration मा Click गर्नुपर्नेछ ।
- Password कम्तिमा ६ Character को हुनु पर्नेछ, जसमध्ये कम्तिमा एउटा Capital Letter, एउटा Symbol र एउटा Numeric digit हुनुपर्नेछ ।
- Captcha Code राख्दा देखिए अनुरुप लेखी Continue मा Click गर्नुपर्नेछ ।
- Register गर्दा राखिने ईमेलमा दरखास्त स्वीकृत वा अस्वीकृत भएको जानकारी प्राप्त हुने भएकोले प्रयोग भइरहने आफ्नै ईमेल र मोबाइल राख्नु पर्नेछ ।
- Register मा Click गरेपछि आफ्नो Email मा OTP प्राप्त हुनेछ । उक्त OTP प्रयोग गरेर Login Process सम्पन्न भएपश्चात Dashboard मा प्रवेश गर्न सक्नुहुनेछ ।
- Login Process पहिले नै सम्पन्न भईसकेको भए सोझै आफ्नो Email र Password को प्रयोग गरी Login गर्न सक्नुहुनेछ ।
- Dashboard मा Click गरी हाल चालू रहेका विज्ञापनहरूको विवरण हेर्न सक्नुहुनेछ ।
- यसपछि मेरो प्रोफाईल भन्ने मेनुमा क्रमशः व्यक्तिगत विवरण, अन्य विवरण, सम्पर्क विवरण, शैक्षिक विवरण, अनुभव सम्बन्धि विवरण, तालिम सम्बन्धि विवरण भन्ने ट्याबमा आवश्यक विवरणहरु भर्नुका साथै र कागजात भन्ने ट्याबमा आवश्यक कागजातहरु अनिवार्य रूपमा Upload गर्नुपर्नेछ ।
- यस पश्चात आफूले भरेका सम्पूर्ण विवरणहरूको पुनरावलोकन (Preview) गर्ने ।
- अन्तिममा रहेको "आवेदन दिने" भन्ने ट्याबमा गएर उपलब्ध बिज्ञापनहरू मध्ये एक पटकमा एक पदको दर्खास्तमा Apply गरी सो पदको लागि खुलेको बिज्ञापन नम्बरहरू Select गरी तोकिएको परीक्षा दस्तुर e-Sewa वा Connect IPS मध्ये कुनै एक माध्यमको प्रयोग गरि बुझाउनु पर्नेछ ।
- दरखास्त Accept वा Incomplete वा Cancel भएको जानकारी Email वा Mobile मार्फत प्राप्त हुनेछ वा Login गरी पनि हेर्न सकिनेछ ।
- कारणबस Incomplete दरखास्तहरू दरखास्त दिने अन्तिम दिनसम्ममा सोही Login बाट आफैले सच्याउनु पर्ने भएमा सच्याएर पूनः पेश गर्न सकिनेछ ।
- दरखास्त दस्तुर भुक्तानी गर्दा कुनै समस्या आएमा e-Sewa : 16600102121 र Connect IPS : 16600155306 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
- दरखास्त फारम भर्दा कुनै द्विविधा भएमा नागरिक लगानी कोषको टेलिफोन नं. ०१–५९७०२०१ मा सम्पर्क गरी वा कोषको Email: hr@nlk.org.np मार्फत बुझ्न सकिनेछ ।